Lucky-Khabar_

रौतहटबाट एकजना कटुवा पेस्तोलसहित पक्राउ

२१ साउन, वीरगञ्ज । रौतहटबाट एकजना कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर १ समनपुर घर भएका बिरेन्द्र राउत रहेका जानकारी भएको छ ।

content ad p2


प्रहरीका अनुसार बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले राउतको घरमा छापामारी कटुवा पेस्तोल बरामद गरेको छ ।राउतले घरको आँगनमा झारपातले लुकाइछिपाइ राखेको अवस्थाबाट एक थान कटुवा पेस्तोल फेला पारेको रौतहटका प्रहरी नायब उपरिक्षक डिएसपी एलिजा गिरीले जानकारी गराएको छ ।

पक्राउ परेका ब्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारीदिएको छ ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर