Lucky-Khabar_

हिन्दूमाथि बाङ्गलादेशीको आक्रमणप्रति हिन्दु समाज पर्साले गराए सिडिओको ध्यानाकर्षण

२३ साउन,वीरगञ्ज ।हिन्दु समाज पर्साले बंगलादेशमा हिन्दु समुदायमाथि भइरहेको आक्रमणप्रति आपत्ती जनाएका छन् । बंगलादेशमा आरक्षण व्यवस्थाको विरोध प्रदर्शन उग्र भएसँगै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि इस्लामिक जिहादी समूहद्वारा हिन्दुमाथि आक्रमण भइरहेको प्रति पर्साका धार्मिक संगठनको ध्यानाकर्षण भएको हो ।

content ad p2

मानवता विरोधी घटना प्रति आपत्ती जनाउँदै वीरगञ्जका विभिन्न धार्मिक संघ संस्थाहरुले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापन-पत्र बुझाएका छन् ।

हिन्दु परिषद् नेपालका अध्यक्ष सञ्जय सर्राफले हिन्दू धर्मले हिंसा, भेदभाव वा कट्टरता जस्ता कृत्यलाई कहिलै पनि प्रश्रय नदिएको स्पष्ट पार्दै मानवता विरोधी जिहादी तत्वहरूको हिंसात्मक कदमलाई रोक्नुपर्नेमा जोड दिए ।
मुस्लिम समुदायका व्यक्तिहरूले हिन्दू नेता, क्रिकेटर, व्यापारी तथा आम बाङ्गलादेशी हिन्दू समाजमाथि बर्बरतापूर्ण आक्रमण गर्दै हिन्दू मठ मन्दिर समेतलाई निशाना बनाएको आरएसएसका प्रवक्ता रन्जित सर्राफले बताए । यस घटनाले समस्त सनातन हिन्दू समाजलाई आहत एवं आक्रोशित बनाएको उनको टिप्पणी छ ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, माईस्थान रथ यात्रा समितिका अध्यक्ष देवानन्द गुप्ता, सन्तोष गुप्ता, पवन गुप्ता, रन्जित गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

मिक्स मार्शल आर्टको मधेश प्रदेश अध्यक्षमा सन्तोष पटेल नियुक्त

लक्की खबर

एसिया–प्रशान्त क्षेत्रीय स्थानीय सरकारको नेतृत्वमा नेपालकी लक्ष्मीदेवी पाण्डे

लक्की खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर