Lucky-Khabar_

सडकमा खोस्ने लुट्ने नगरौं ,उपत्यकाका मेयरसँग प्रधानमन्त्रीले भने

२३ साउन, काठमाडौं ।प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग सिंहदरबारमा भएको भेटमा ‘को भन्दा को ठूलो’ भन्ने ढंगले नभई केन्द्र र स्थानीय सरकारबीच समन्वयका साथ मिलेर समस्याको समाधान गरी जनतालाई सेवा दिनुपर्ने बताए ।

content ad p2

प्राधानमंत्रिले जनप्रतिनिधिलाई जनताका पक्षमा काम गर्न निर्वाचित भएको भन्दै अहंकार र दम्भबाट निर्देशित नहुन भने । उनले नगर प्रहरी लगाएर फुटपाथ व्यापारीमाथि भइरहेको दमनलाई संकेत गर्दै रोक्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले ‘जनताप्रति शालिन र विनयशील हुनुपर्छ । हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन,भने ‘सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन् ।’

उक्त फोरमले नेपाल विद्युत प्राधिकरणले स्थानीय तहका नाममा आफूखुसी सडक बत्तीको बिल पठाएर बक्यौता देखाउँदा समस्या आएको लगायत विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय र निकायसँग बुझेर आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए । उनले फोहोरमैला व्यवस्थापनको दीगो समाधान गर्नुपर्नेमा पनि सरकार सजग रहेको बताए।

फोरमका अध्यक्ष चिरीबाबु महर्जनले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गर्दै पारस्परिक सम्बन्ध र सहअस्तित्वबाट सहयोग आदानप्रदान गर्दै जनताप्रति सेवा दिन आफूहरु प्रतिबद्धता रहेकाले केन्द्र सरकारबाट हुुनुपर्ने सहजीकरणमा प्रधानमन्त्रीसंग साथ मागे ।
काठमाडौं महानगरका मेयर बालेन शाह प्रधानमन्त्रीसँगकाे भेटमा उपस्थित भएन । उनको साटो उपमेयर सुनिता डंगोल सिंहदरबार पुगेकी थिइन् ।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर