Lucky-Khabar_

पर्साको भाटा मेला हेर्न आएका बेपत्ता भएका दुई जना युवकको शव फेला पर्‍यो

२० साउन,वीरगञ्ज । पर्साको पटेर्वासुगौलीस्थित भाटा मेला तथा  दर्शन गर्न आएका बेपत्ता भएका दुई युवकको शव फेला परेको छ ।  फेला  परेका शव मकवानपुर  राक्सीराङ गाउँपालिका वडा नम्बर २ का राजकुमार मेघी र मनहरी गाउँपालिका वडा नम्बर ५ का राम बहादुर मोक्तानको रहेको हो । 

content ad p2

शव पर्सा राष्ट्रिय निकुञ्जको शितलपुर खोला नजिकबाट फेला परेको  हो । बेपत्ता दुई युवकको खोजीका लागि खटिएका उद्दार टोलीले उनीहरुको शव आज सवा ५ बजेको समयमा फेला पारेको उद्दार टोलीमा सहभागी सुमन ठाकुरले बताए । उनका अनुसार जंगली हात्तीको आक्रमणबाट उनीहरुको मृत्यु भएको हुन सक्ने अनुमान छ ।

घटनास्थलमा हात्तीको पाइला समेत देखिएको उनले जानकारी दिए । मकवानपुरबाट भाटा बाबाको दर्शन गर्न आएका उनीहरु साउन १९ गतेदेखि बेपत्ता भएका थिए ।

उद्दार टोलीले घटनास्थलबाट मृतकको शवको मुचुल्का तयारी पार्ने कार्य भौइरहेको ठाकुरले जनाए।

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर