Lucky-Khabar_

टेक्नो नेपालको ब्रान्ड एम्बेसडरमा वीरगञ्जका आरिफ र आसिफ नियुक्त

२५ साउन,वीरगञ्ज । क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालले आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच टेक्नो ब्रान्डले उनीहरुलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।

content ad p2

टेक्नो मोबाइलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरिजित तलपात्राले साझेदारीको बारेमा टिप्पणी गर्दै भने, ‘हामी आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रुपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ । उनीहरुको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एट नथिङ्सँग मेल खान्छ । हामी आशा गर्छाै कि टेक्नोसँगको उनीहरुको सम्बन्धले हाम्रो ब्रान्ड छवि र युवाहरुको संलग्नतालाई अझ उच्च बनाउनेछ ।’

‘म यो साझेदारी र यसले दर्शकहरुलाई संलग्न गराउने सम्भावनाहरुबाट उत्साहित छु । एक क्रिकेटरको हैसियतमा म टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्छु । किनकी खेल जगतमा मेरोे उत्कृष्टताको खोजी यसको लक्ष्यसँग मिलेको छ ।’ आरिफ शेखले भने|
‘टेक्नो नेपालको उत्कृष्टता मेरो जोश र जाँगरसँग पूर्ण रुपमा मिल्दोजुल्दो रहेको छ । यस अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस गरेको छु । यसले मलाई फ्यानहरुसँग जोडिने अवसरहरु सिर्जना गर्नेमा विश्वस्त छु ।’आसिफ शेखले थपे|

टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले आरिफ शेख र आसिफ शेखलाई ब्रान्ड एम्बेसडरको रुपमा पाउँदा हर्षित भएको प्रतिक्रिया दिए । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र क्यानका सचिव पार खड्का समेतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर