Lucky-Khabar_

‘नमेटिने घाउ’ को ट्रेलर : प्रधानमन्त्री, पूर्वपधानमन्त्री, सांसददेखि पर्साका एसपी ढुंगेलसम्मको अभिनय

वीरगञ्ज । वीरगञ्जमा छायांकन भएको सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर : प्रधानमन्त्री, पूर्वपधानमन्त्री, सांसददेखि पर्साका एसपी ढुंगेलसम्मको अभिनयको ट्रेलर सार्बजनिक भएको छ ।

content ad p2

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको अतिथि भूमिका रहेको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर बिहिवार सार्वजनिक भएको हो ।

दुई मिनेट २४ सेकेण्ड रनटाइमको ट्रेलरले फिल्मको कथावस्तुबारे महत्वपूर्ण प्रकाश पार्छ ।सो कार्य काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा एसिड आक्रमणको घटनाका पीडितको मर्मस्पर्शी दृश्य प्रस्तुत गरिएको छ । बदलाले प्रेरित भएर किशोरी तथा युवतीमाथि कसरी एसिड आक्रमण गरियो र मुलुकका विभिन्न भागमा भएका आक्रमणका घटनालाई यसमा देखाईएको छ ।

यसमा एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनु पर्ने मागसहित भएका प्रदर्शन पनि छ । यी प्रदर्शनमा सहभागी भएर प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री नेपालसहितका नेताले दोषीलाई कठोर दण्ड दिने प्रतिबद्धता जनाएको दृश्य पनि समावेश छ ।

यसमा रमित ढंगानाले निर्माण तथा निर्देशन गरेको चचित्रमा तेजाब आक्रमण भएकी वीरगञ्जकी मुस्कान खातुनको कथावस्तु पनि समावेश छ । उनीसँगै देशका अन्य ठाउँमा भएका एसिड आक्रमणका घटना पनि समावेश गरिएको चलचित्रका उत्पादन प्रबन्धक आरजे प्रणबले जानकारी गराए ।
यो चलचित्रको ट्रेलरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एस पी कुमोद ढुंगेल पनि देखिएका छन् । योसँगै चलचित्रमा वीरगञ्जको घण्टाघर, माइस्थानस्थित गहवामाई मन्दिर लगायतका दृश्य पनि अटाएको हुँदा यो चलचित्र हेर्न वीरगञ्जबासी पनि उत्साहित भएका छन् ।

सम्बन्धित खबर

हरिखेतान कलेजकी अञ्जलीले नेपालभर तेस्रो, सामुदायिक क्याम्पसतर्फ प्रथम बन्दै रचिन् इतिहास

लक्की खबर

नेशनल प्याब्सन किड्स क्वेस्ट–२०८३ सम्पन्न, विद्यार्थीको सिर्जनात्मक प्रतिभा उजागर

लक्की खबर

सेस्मी स्कुल वीरगञ्ज–३ मा शिक्षक क्षमता विकास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

लक्की खबर