२६ साउन,बुटवल । छाडा साँढेले हान्दा बुटवलमा गुल्मीकी घर भएकी ४५ वर्षीया सीता पाण्डे गम्भीर घाइते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।

साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी हुन् ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए |
दुई वटा साँढे जुध्दै गरेका बेला दूध लिन हिंडेकी सीतालाई साँढेले कुल्चिएपछि घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
बुटवल उपमहानगरले बुटवलकै शिवनगर सामुदायिक वनभित्र गौशाला बनाई छाडा चौपाया राख्ने गरेपनि पूर्णरुपमा नियन्त्रण नहुँदा सडकमा सवारी साधन दुर्घटनाको समेत जोखिम छ भनि स्थानीयहरुको न्गुनासो छ ।


