Lucky-Khabar_

मधेस प्रदेश सरकारले ८ राज्यमन्त्रीलाई बर्खास्त

२९ साउन,वीरगञ्ज । मधेस प्रदेश सरकारले प्रदेशका ८ वटै राज्यमन्त्रीलाई पदमुक्त गरेको छ । मुख्यमन्त्री सतिस सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई बर्खास्त गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलेजनाएको छ ।

content ad p2

मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका ५ राज्यमन्त्रीसहित ८ जनालाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई आज पत्र पठाइएको हो । सरकारमा सहभागी सबै दलहरुको सहमति अनुसार मुख्यमन्त्री सिंहले सबै राज्यमन्त्रीहरुलाई हटाउने निर्णय गरिएको बताको छ ।

ठूलो आकारको मन्त्रीमण्डल विस्तार गरेको भन्दै प्रदेश सरकारको चर्को आलोचना हुन थालेपछि दलहरुको सहमति अनुसार राज्यमन्त्रीहरुलाई हटाउने निर्णय गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
एक साता अगाडि मात्र प्रदेश सरकारले ५ जना राज्यमन्त्री थप्दै राज्यमन्त्रीको संख्या ८ जनाको पुर्‍याएको थियो ।

यही मंगलबार प्रदेश सरकारले रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र महम्मद जैद आलमलाई राज्यमन्त्रीमा नियुक्त गरेको थियो भने यसअघि केशव राय, शारदा देबी थापा र रञ्जुकुकमारी मण्डल खङ्गलाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रौतहटमा रास्वपा नेता राम आर्यको भेटघाट, इमानदारिता र विकासमा जोड

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर