२९ साउन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको हदम्याद स्वीकार्य गर्दैन र यसको विपक्षमा उभिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने निर्णय गरेको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने भन्दै यसका विरुद्धमा पार्टीले सदनमा सशक्त आवाज उठाउने बताए ।
भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला मुद्दा चल्न सक्छ । विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने दलहरूको प्रयास देखिन्छ । यसमा रास्वपालाई स्वीकार्य छैन र यसबारेमा पनि सदनमा उठाउने छौँ’, सचेतक परियारले भने ।
प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।


