Lucky-Khabar_

भाटा बाबाको दर्शन गरेर फर्किने क्रममा नहरमा ट्याक्टर खस्दा चालकको मृत्यु र केहि घाइते

८ साउन,वीरगञ्ज ।भाटा बाबाको दर्शन गरेर फर्किने क्रममा पर्साको जानकी टोलास्थित नहरमा ट्याक्टर पल्टिदाँ एकजनाको मृत्यु भएको छ र केहि जना घाइते भएको छ।
जानकी टोलाको प्रहरी चौकी नजिकै नहरमा ट्याक्टर अनियन्त्रित भई पल्टिदाँ चालकको मृत्यु भएको हो ।

content ad p2

उक्त घटनामा मृत्यु हुने छिपहरमाई गाउँपालिकाको टिहुकी निवासी ५० वर्षीय प्रेम मुखिया बिन रहेका इलाका प्रहरी कार्यालय पोखरियाले बताएको छ । भाटा बाबाको मेला दर्शन गरी फर्कने क्रममा प्रदेश २–०३–००१ त ५३३९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिएको छ।
#दुर्घटना

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर