Lucky-Khabar_

एक महिला लागुऔषधसहित पक्राउ

१० भदौ, वीरगञ्ज। वीरगञ्ज स्थित प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार कार्यालयको गेट अगाडिबाट एक महिलालाई पक्राउ गरेको हो ।

पक्राउमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ भर्याङ टोल निवासी २३ वर्षीय सुस्मिता परियार हुन् । संकास्पदरूपमा पैदल हिँडिरहेको अवस्थामा उनलाई रोकि खानतलासी गर्दा कालो रंगको ट्र्याक पाइन्टभित्र, दुवै खुट्टाको तिघ्रामा सेतो टेपले बेरी लुकाइछिपाइ ल्याइएका विभिन्न प्रतिबन्धित लागुऔषध फेला परेको थियो भने प्रहरीले बताए ।

content ad p2

जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए अनुसार, चेकजाँचको क्रममा परियारको शरिरबाट NOOPHIN-१० एम्पुल, PHENERGAN-१० एम्पुल, र DIZEPAM-१० एम्पुल फेला परेका छन् ।

सुस्मितालाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी भारतीले जानकारी दिए ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर