१० भदौ, वीरगञ्ज। वीरगञ्ज स्थित प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार कार्यालयको गेट अगाडिबाट एक महिलालाई पक्राउ गरेको हो ।

पक्राउमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ भर्याङ टोल निवासी २३ वर्षीय सुस्मिता परियार हुन् । संकास्पदरूपमा पैदल हिँडिरहेको अवस्थामा उनलाई रोकि खानतलासी गर्दा कालो रंगको ट्र्याक पाइन्टभित्र, दुवै खुट्टाको तिघ्रामा सेतो टेपले बेरी लुकाइछिपाइ ल्याइएका विभिन्न प्रतिबन्धित लागुऔषध फेला परेको थियो भने प्रहरीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए अनुसार, चेकजाँचको क्रममा परियारको शरिरबाट NOOPHIN-१० एम्पुल, PHENERGAN-१० एम्पुल, र DIZEPAM-१० एम्पुल फेला परेका छन् ।
सुस्मितालाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी भारतीले जानकारी दिए ।


