Lucky-Khabar_

पूर्वमेयर सरावगीको एमालेबाट राजीनामाअस्वीकृत, जिल्लाको मनपरी अन्त्य गरिनेछ:-महासचिव पोखरेल

१६ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीले दिएको राजीनामा एमालेले अस्वीकृत गरेको छ ।एमाले शीर्षस्थ नेतृत्वलाई सरावगीले जिल्लाको नेतृत्वले मनपरी ढंगले पार्टी चलाइरहेको कारण बताउदै राजीनामा दिएको जानकारी गराएपछि राजीनामा अस्वीकृत गरिएको हो ।

content ad p2

एमाले पार्टी महासचिव शंकर पोखरेलले राजीनामा अस्वीकृत भएको जानकारी गराउँदै सरावगीले उठाएको माग बारे पार्टी गहन छलफल गर्ने प्रतिबद्धता जनाए ।


महासचिव पोखरेल पूर्व मेयर सरावगीलाई एमाले बस्न आग्रह गर्दै भने, ‘तपाइले जिल्ला नेतृत्वको बारेमा भनेको मुद्दाहरु गम्भीर छन्, केन्द्रले त्यसको छिनोफानो गर्नेछ । तर तपाइहरु जस्तो कार्यकर्ता पार्टी छोड्नु हुँदैन् । पार्टीलाई अझ बलियो बनाउने काम गरिरहनुपर्छ ।’

महासचिव पोखरेलसहितका नेतृत्वलाइ पूर्व मेयर सरावगीसंग गएका टोलीहरुले जिल्लाको नेतृत्वले एमालेलाई सखाप पार्ने तथा गुट उपगुटको राजनीतिक गरिररेको गुनासो गरेका थिए । जिल्लाको ‘डेलिगेसन’ टोलीले केन्द्रका शीर्षस्थ नेतृत्वलाई यस्तो गुनासो गरेपछि एमाले महासचिव पोखरेलसहितका शीर्षस्थ नेतृत्वले तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

सरावगीको नेतृत्वमा गएको टोलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, शंकर पोखरेल, रघुविर महासेठसहितका शीर्षस्थ नेतृत्वसंग भेटघाट गरेको थियो ।

सम्बन्धित खबर

कांग्रेस–कम्युनिस्टकै कारण देशमा भाँडभैलो मच्चियो : उपेन्द्र यादव

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर

जनताको नेता जनता माझ’ अभियान अन्तर्गत सांसद सुशिल कानुद्वारा पर्सागढी–५ जिगनामा भेटघाट तथा विकासबारे छलफल

लक्की खबर