Lucky-Khabar_

आजदेखि वीरगन्जमा दशैँ(दशहरा) मेला सुरु भयो

१७असोज,वीरगन्ज : घटस्थापनाकै दिनदेखि वीरगन्जमा प्रत्येक बर्षझै दसैं मेला सुरु भएको छ। वीरगन्जमा दशैंको नवरात्र सुरु भएकै दिनदेखि दशहरा मेला लाग्ने गरेको छ। नवमीका दिनसम्म लाग्ने मेलामा पसलेहरुले सडकमै पसल थाप्ने गरेका पाईन्छन ।

content ad p2

त्यस्तै गहवामाई र विर्ता मन्दिरमा पूजापाठ गर्न आउने भक्तजनहरुले दशहरा मेलामा किनमेल गर्छन्। फूलपातिका दिन गहवामाइ मन्दिरमा महिला भक्तजनहरूले खोइच भर्ने गर्दछन्। मेलामा पर्सा, बारा, रौतहट, सर्लाही जिल्लाका साथै छिमेकी मुलुक भारतबाट पनि दर्शनार्थी र भक्तजनहरू आउने
गरेको यहाको स्थानीयको भनाई रहेको छ।

बडा दसैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना चलन अनुसार गरिन्छ । घटस्थापनाका दिन पूजा कोठामा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ। यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ। कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको पाईन्छ

सम्बन्धित खबर

माईस्थान युवा क्लबको आठौँ गणेश पूजा महोत्सव सांसद कानुद्वारा समुद्घघाटन ,पुजा भव्य रूपमा सुरु

लक्की खबर

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर

गहवा माई रथयात्रा समितिद्वारा वीरगञ्जका १५ विद्यालयका राधा–कृष्ण बनेका बालबालिकालाई शैक्षिक सामग्री वितरण

लक्की खबर