Lucky-Khabar_

वीरगञ्ज-१७ अलौंमा भएको दुर्व्यवहार गर्ने दोषीलाई प्रमुख ३ दलको कारबाहीको माग

२३असोज्, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १७ अलौंमा पानी निकासीको  बिषयमा  जनप्रतिनिधिहरूमाथि भएको दुर्व्यवहार र हुलहुज्जतको घटनामा संलग्न व्यक्तिहरूलाई कडा कारबाहीको माग गर्दै प्रमुख  ३ राजनीतिक दल—नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), र नेपाली कांग्रेसले सयुक्त  मांग गरेका  छन् ।

नेकपा एमालेको माग
नेकपा एमाले वीरगञ्ज महानगर कमिटीका सचिव सुन्दर प्रसाद कुर्मीले जारी गरेको विज्ञप्तिमा पार्टीले सुदर्शन लामिछानेद्वारा वडा नं. १७ का वडा सदस्य एवं नेकपा एमालेका वीरगञ्ज महानगर कमिटी सचिवालय सदस्य आमोद यादवमाथि भएको हातपातको कडा भत्र्सना गरेको छ । एमालेले लामिछानेलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न स्थानीय प्रशासनलाई जोडदार माग गरेको छ । विज्ञप्तिमा कुनै पनि समस्याको समाधान वार्ता र छलफलकै माध्यमबाट गर्नुपर्नेमा यस्तो हिंसात्मक गतिविधि न्यायोचित नरहेको  बताएको  छ ।

content ad p2

जनता समाजवादी पार्टीको प्रतिक्रिया
त्यस्तै  जनता समाजवादी पार्टीले  प्रमुख राजेशमान सिंहमाथि भएको दुर्व्यवहारलाई “अराजकता“ भन्दै लामिछाने परिवारलाई कारबाही गर्न माग गरेको छ । पार्टीका वीरगञ्ज महानगर कार्यसमिति अध्यक्ष इश्वरचन्द्र यादवद्वारा जारी विज्ञप्तिमा, अलौंका सुदर्शन लामिछाने र उनका पिता शिव ओम लामिछानेले नगर प्रमुखमाथि दुव्र्यवहार गरेको घटना घोर निन्दनीय रहेको बताइएको छ । जसपाले नागरिकका समस्या समाधान गर्न प्रमुख सिंहको प्रत्यक्ष अनुगमनलाई सह्रानीय कदम ठहर गरेको छ र यस प्रकारको हिंसात्मक गतिविधिमा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।

यस्तै  नेपाली कांग्रेस पर्साले भने नगर प्रमुख सिंहलाई नै दोषी ठहर गर्दै कारबाहीको माग गरेको छ । पार्टीका प्रवक्ता रमेश पाण्डेयद्वारा जारी विज्ञप्तिमा नगर प्रमुख सिंहले शिव ओम लामिछानेमाथि दुर्व्यवहार गरेको र उनका छोरा सुदर्शन लामिछानेलाई नगर प्रहरीले कुटपिट गरेको भन्दै कांग्रेसले खेद प्रकट गरेको छ । कांग्रेसले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न जोडदार माग गरेको छ ।

तीन प्रमुख दलहरूको विज्ञप्तिमा आ–आफ्ना धारणा र माग भए पनि उनीहरू सबैले घटनामा संलग्न दोषीहरूलाई कानूनी दायरामा ल्याउन जोड  दिन मांग गरेका  छन्।

सम्बन्धित खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन अभियान सुरु हुँदै, शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरण

लक्की खबर

मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज यथावत

लक्की खबर