Lucky-Khabar_

रौतहटमा खुकुरी प्रहारबाट एक जना घाइते

(कमलेश पटेल)
२३असोज,  रौतहट। रौतहटको गढिमाई नगरपालिका-१ समनपुर निवासी ३५ वर्षीय चन्दन साह खुकुरी प्रहारबाट घाइते भएको छ। साहलाई गएराति साढे ८ बजे गरुडा नगरपालिका-९ नरकटिया गाउँदेखि दक्षिणतर्फ१ किलोमिटरको दूरीमा अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका हुन्।

घाइते चन्दन साह आफ्नो मोटरसाइकलमा सवार भई गरुडाबाट समनपुरतर्फ गइरहेका बेला नाम र पहिचान नखुलेका व्यक्तिले उनलाई घेरा हालेर टाउको, पछाडिको भाग र बायाँ हातमा खुकुरी प्रहार गरेका थिए। साहले प्रतिकार गर्दै चिच्याएपछि आक्रमणकारी भागेका थिए भनि जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।

त्यस्तै घाइते साहलाई तत्काल उपचारका लागि गरुडास्थित सरस्वती अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको र हालसम्म बोल्न नसक्ने अवस्थामा रहेको परिवारजनले बताएका छन्। आक्रमणमा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिएका छन्।

आक्रमणको कारण र आक्रमणकारीको पहिचानबारे हालसम्म केही खुल्न सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको छ भनि जानाकारी गराएको छ ।

content ad p2

सम्बन्धित खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर

रौतहटमा १८ वर्षीया युवती मृत फेला, दाइजोको दबाब र हत्या आरोपबारे प्रहरीले अनुसन्धान गर्दै

लक्की खबर