२३असोज्, काठमाडौं| काठमाडौंदेखि ओखलढुंगाको लागि जाँदै गरेको अरनिको यातायातको बस दोलखामा दुर्घटना भएको छ। दोलखा भीमेश्वर नगरपालिका-८ चरङ्गेस्थित चरिकोट-लामासाँघु सडक खण्डमा ओखलढुंगाको गाम्नाङटार जाँदै गरेको बा.प्र.३-०१-००६ ख.०६३५ नम्बरको अरनिको बस अचानक ब्रेक फेल भएर दुर्घटना हुन् गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ।

बसमा सवार ३५ जना यात्रुमध्ये १५ जना घाइते भएका प्रहरीले जानेको छन्। उनीहरुमध्ये १० जनाको च्छो-रोल्पा अस्पताल र ५ जनाको सामुदायिक अस्पताल चरिकोटमा उपचार भइरहेको छ।

त्यस्तै लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले प्रहरी र अस्पतालसँग समन्वय गरेर घाइतेको उपचार भइरहेको बताइन्। थापाले हालसम्म घाइतेको रिफर गर्नुपर्ने अवस्था हालसम्म नदेखिएको जानकारी गराइन्।



