Lucky-Khabar_

वीरगञ्ज महानगरमा नदिको बहाव रोक्दै जग्गा प्लटिङ गर्दै करोडौं कमाउने दाउमा पलोटर माफिया

७ कात्तिक,वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित शिंघहाँ नदी किनारमा जमीन प्लटिङको प्रयास भइरहेको छ, जसले स्थानीय बासिन्दाहरूको कडा विरोध निम्त्याएको छ। भेडियाही मेडिकल पछाडि रहेको सनोटोलादेखि भेडियाही जाने बाटोमा रहेको जग्गामा पलोटरहरूले नदीको बहाव रोक्दै प्लटिङ गरिरहेका छन्।

content ad p2

स्थानीय बासिन्दाहरूका अनुसार जग्गा खरीद गर्दा जग्गाधनीले नदीमा परेको भागको पैसा नलिएको भए पनि, पलोटरहरूले नदीको बहाव रोक्ने गरी जग्गा विस्तार गरेर करोडौँ रुपैयाँ मुनाफा कमाउने योजनामा लागेको आरोप छ।

पलोटरहरूले नदीको ३ वटा खण्डको बहावलाई एक खण्डमा सुकाइ, बाँकी जग्गा प्लटिङ गर्ने काम गरिरहेको स्थानीयले बताएका छन्। यो कार्यले भेडियाही, लछुमनवा, सानोटोलासँगै राजवाटिया र भिस्वा गाउँहरूमा डुबानको खतरा निम्त्याउने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।

नदी किनारामा भइरहेको यो कार्यको कारणले सम्भावित डुबान र प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै स्थानीय समुदायले तुरुन्तै हस्तक्षेप र समाधानको माग गरेका छन्।

सम्बन्धित खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

रक्सौल नाकामा सामान किन्न जाने नेपालीहरूको ठूलो भीड, यता नेपाली व्यापारी भने व्यापार नचल्दा चिन्तित!

लक्की खबर