Lucky-Khabar_

वीरगञ्जका बिरयानी हाउसहरु छड्के अनुगमनमा ताज र जाईकामालाई १०/१० हजार जरिवाना भएको

७ कात्तिक,वीरगञ्ज । खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जले बिरगंजका होटल,बिरयानी हाउसहरु छड्के अनुगमन अनुगमन गरेको छ ।

content ad p2

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय बिरगंजका खाद्य अनुसन्धान अधिकृत शुरेस कुमार सिंह नेतृत्वको टोलिले आज वीरगञ्जका होटल,बिरयानी हाउसहरुमा छड्के अनुगमन गरेको हो ।


सो क्रममा टोलीले वीरगञ्जका ताज बिर्यानी, जाइका बिर्यानी, लजिज बिर्यानी र शाम मुरादाबादी बिर्यानी लगायतका होटलहरुमा छड्केमा कमजोरी भेटेको छ ।

त्यस्तै अनुगमन गर्ने क्रममा टोलिले होटलहरुमा भेटिएका विभिन्न कैफियत अनुसारको जरिवाना पनि गरेको टोलिमा सम्मिलित होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तले बाताउनुभयो ।
यसक्रममा जाइका बिर्यानी र ताज बिर्यानि हाउसलाइ १०÷१० हजार जरिवाना गरि सुधारको लागि विभिन्न निर्देशन समेत दिइएको पन्तले बताउनुभयो ।

अनुगमन गर्दा भेटिएको म्याद गुज्रिएका र अखाद्य बस्तुहरु नष्ट गर्नुका साथै सम्बन्धित निकायहरुमा दर्ता नभएका होटलहरुलाई तुरुन्तै दर्ता गर्न निर्देशन दिएको खाद्य अधिकृत सुरेश कुमार सिंहले बताउनुभयो ।
उहाँले विभिन्न खाद्य बस्तुहरुको टेस्टो मिटरद्वारा बैज्ञानिक ढंगले समेत जाँच गरिएको बताउनुभयो ।

खाद्य अनुसन्धान तथा गुण नियन्त्रण डिभिजन कार्यलयले गरेको अनुगमनमा टोलिमा वीरगञ्ज माहानगरका बरिष्ट खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दास, बिरगंज उद्योग बाणिज्य संघका मनोज दास, उपभोक्ता हित संरक्षण मन्चका अजित भुजेल, पत्रकार युबराज खड्का, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग र बाणिज्य लगायतका कार्यालयहरुका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

राजविराज अस्पतालको गेटबाहिर प्रसूति प्रकरणमा कर्मचारीमाथि कारबाही, छानबिन टोली राजविराजमा

लक्की खबर

ईर्ष्या र तुलनाले हराउँदै गएको मानवता : बिमल सर्राफ

लक्की खबर

हरिखेतान कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री बनाउने प्रतियोगिता

लक्की खबर