७ कात्तिक,वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको आयोजना हुने भएको छ ।
प्याब्सन पर्सा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता कार्तिक ९ गते हुने वीरगन्जको नगरसभागृहमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिताको आयोजना गर्ने जानकारी भएको हो ।


प्याब्सन जिल्ला अध्यक्ष पूरन प्रधान र वीरगन्ज महानगरका अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले प्रतियोगिताको बारेमा जानकारी गराउनु भएको थियो ।
प्रतियोगिताको प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै प्याब्सनमा आवद्ध २३ वटा विद्यालयहरुले भाग लिने पत्रकार सम्मेलनमा जानकारी गराएको छ । प्रतियोगिता आयोजनामा ३ लाख १५ हजार रुपैंया खर्च हुने अनुमान पनि गरिएको प्रवक्ता संगौलाले बताउनुभयो ।

नेपालका लोक संस्कृतिहरुलाई संरक्षण र सम्वद्र्धन गर्दै विद्यार्थीहरुलाई पनि नेपाली लोकसंस्कृतिको बारेमा जानकारी गराउने र उनीहरुको प्रतिभालाई पनि प्रस्फुटन गर्नका लागि प्रतियोगिता कोशेढुंगा सावित हुने आयोजकले अपेक्षा गरेको छ ।
आधुनिक समाजमा पश्चिमा संस्कृतिप्रति युवाहरुको आकर्षण बढीरहेको र नेपाली लोकसंगीतप्रति युवाहरुको रुची घट्दै गईरहेको अवस्थामा यसलाई जोगाउनका लागि प्याब्सन पर्साले अन्तर विद्यालय नृत्य प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।
पत्रकार सम्मेलन गरि प्याब्सन पर्साका बरिष्ठ उपाध्क्ष सरोज चौधरी, उपाध्यक्ष शिवजी गुप्ता, कोषाध्यक्ष रामकिशोर यादव लगायतको उपस्थिति रहेको थियो ।


