Lucky-Khabar_

भारतको छोटा राजनलाई उच्च अदालतको धरौटीमा छाड्न आदेश

७ कात्तिक, काठमाडौं। भारतको छोटा राजनलाई उच्च अदालतको धरौटीमा छाड्न आदेश धरौटीमा छाड्न आदेश दिएको छ ।

content ad p2

जया सेट्टीको सन् २००१ मा भएको हत्यामा अदालतले राजनसहित उनका साथीहरुलाई आजिवन कारावासको सजाय सुनाएको थियो ।

भारतको अनलाइन पत्रिका लाइभ लका अनुसार, बुधबार न्यायाधीश रेवती मोहिते डेरे र पृथ्वीराज चाभनको इजलासले उनको दिइएको आजीवन कारावासको सजायलाई पनि निलम्बित गरिदिएको छ ।

तर यो आदेशपछि पनि छोटा राजन कारागारमुक्त भने हुने छैनन् । मुम्बईका अन्डरवर्ल्ड रिपोर्टर ज्योतिमर्य डे (जे डे) को हत्यामा पनि उनलाई आजीवन काराबासको सजाय अदालतले सुनाइसकेको छ

त्यस्तै सन् २०११ जुन ११ मा जे डेलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले पवई क्षेत्रमा गोली हानी हत्या गरेका थिए । पछि यो मुद्दामा अर्की अपराध संवाददाता जिग्ना बोहरा पनि प्रतिवादी बनाइएकी थिइन् । यद्यपि, पछि उनले अदालतबाट सफाइ पाएकी थिइन् ।

उनलाई प्रहरीले कसरी यो मुद्दामा फसायो र त्योबीचमा उनले के के भोग्नुपर्यो भन्ने विषयमा बोहराले पुस्तक समेत लेखेकी छन् । यसबारे अनलाइन भिडियो स्ट्रीमिङ साइट नेटफिल्क्समा वेब सिरिज पनि बनेको छ ।

छोटा राजन नेपालमा भएका केही हाई–प्रोफाइल हत्यामा पनि जोडिएका छन् । भारतविरुद्ध गतिविधि गरेको आरोपमा मारिएका कतिपय व्यक्तिहरुको हत्यामा उनकै समूह प्रयोग भएको अनुसन्धानबाट खुलेको छ ।

२०६६ माघ २६ मा काठमाडौंमा स्पेसटाइम नेटवर्कका मालिक जमिम शाह मारिँदा पनि छोटा राजन समूहका सदस्य भरत नेपालीले जिम्मेवारी दिएका थिए । च्यानल नेपालमा फोन गरेर उनले शाह दाउद इब्राहिमसँग नजिक भएकाले हत्या गरिएको दाबी गरेका थिए ।

पूर्वन्यान्याधीश गोविन्दप्रसाद पराजुली नेतृत्वको न्यायिक छानबिन समितिको प्रतिवेदनमा पनि छोटा राजन समूहले नै जमिमको हत्या गरेको भनिएको छ । उनी राप्रपाका पूर्वसांसाद् मिर्जा दिलसाद वेगको हत्यामा पनि जोडिन्छन् ।

सन् १९९३ को श्रृंखलाबद्ध विष्फोटनपछि उनले दाउदसँग छुट्टिएर छुट्टै समूह खडा गरेका थिए तर, पहिले छोटा राजन पनि दाउद इब्राहिमकै समूहमा रहेर काम गर्थे ।

सम्बन्धित खबर

अस्ट्रेलियामा रहेका इन्जिनियर आर्यन सुरज राउतलाई KICCI international द्वारा सम्मानित

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर