Lucky-Khabar_

मन्त्री प्रदिप यादवले उपेन्द्र यादवले मधेसलाई पटक-पटक धोका दिए बत्ताए

१० कात्तिक, वीरगञ्ज | पर्सा जिल्लाको एक कार्यक्रममा बिभिन्न नेता तथा ब्यक्तिहरु जसपा नेपालको नेतृत्वसँग असन्तुष्टि जनाउँदै जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्।

content ad p2

र विन्दवासिनी गाउँपालिकाका अध्यक्ष रमेश साह तेलीको नेतृत्वमा ४० सदस्यीय गाउँपालिका कमिटीले जसपा नेपाल परित्याग गरी जसपामा सामूहिक रूपमा प्रवेश गरेको छ। यससँगै अन्य सयौं नेता तथा कार्यकर्ताहरू पनि जसपामा समाहित भए। गाउँपालिका कमिटीले सामूहिक निर्णय गर्दै जसपामा सामेल हुनुलाई पार्टीभित्रको असन्तुष्टि र नयाँ राजनीतिक अवसरको खोजीको प्रतीक मानिएको छ।

साथै पर्सागढी नगरपालिका वडा नम्बर ४ का चार जना निर्वाचित वडा सदस्यहरू राजकुमार गुरुङ, रुस्तम हवारी, लाल साह देवी, र तेतरी देवीले जसपा नेपाल छोडेर जसपामा प्रवेश गरे। त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का वडा सदस्य जगन महतोले पनि पार्टी परिवर्तन गर्दै जसपामा सामेल भए। उनीहरूले जसपा नेपाल नेतृत्वको सत्ता स्वार्थ र जनआकाङ्क्षालाई धोका दिएको आरोप लगाउँदै पार्टी परित्याग गरेको बताए।

त्यस्तै जसपा नेपालका उपमहासचिव समेत रहेका मन्त्री यादवले जसपा नेपाल नेतृत्वको अनैतिक सम्झौताको प्रवृत्तिलाई जनआकाङ्क्षासँग मेल नखाने बताए। ‘सत्ता लोलुपताका कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पटक-पटक मधेसका जनतासँग धोका गरेको सर्वविदितै छ। हामी त्यस्तो छैनौं। हामी केवल राजनीति गर्न होइन, जनताको जीवनस्तर सुधार्न र स्थायी परिवर्तन ल्याउनका निमित्त आएका छौं। जसपा नै अबको विकल्प हो,’ उनले भने।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री यादवले जसपामा भइरहेको विस्तारलाई आफूले पार्टीको सङ्गठनात्मक सुदृढीकरणको सङ्केतका रूपमा लिएको बताए। उनले विन्दवासिनी गाउँपालिका तथा अन्य क्षेत्रबाट जसपामा भइरहेको यो परिवर्तनले पार्टीलाई सकारात्मक दिशा दिनुका साथै, पार्टीको जनधार विस्तारमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

जसपाको भविष्यलाई उज्ज्वल बनाउन र जनताको हकहितमा इमानदार प्रतिबद्धता कायम राख्न नवप्रवेशीलाई प्रेरित गर्दै मन्त्री यादवले पार्टीमा इमानदार नेता तथा कार्यकर्ताहरूलाई जसपामा सामेल हुन आह्वान पनि गरे भनि मन्त्रि यादवले बताए।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर