Lucky-Khabar_

हतियार सहित रौतहटमा २ जना पक्राउ

१० कात्तिक, रौतहट । रौतहटको गुजरा नगरपालिकाबाट हतियारसहित २ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

content ad p2

सशस्त्र प्रहरीले हतियारसहित गुजरा नगरपालिका-३ धनसार सिमरी गेट नजिकैबाट कटहरीया–३ का कमोदा राम चमार र नेमलाल साह बनियालाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका उपरीक्षक बिक्रम हुमागाईंले बताए अनुसार ज४प ९०५८ नम्बरको मोटरसाइकलमा सवार दुवैजनालाई चेकजाँच गर्दा कटुवा पेस्तोल १ थान र सो मा प्रयोग हुने ३ राउण्ड गोली बरामद भएको ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयको इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरीबल ११ नम्बर गणको संयुक्त टोलीले उनीहरुकालई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा बुझाइएको उपरीक्षक हुमागाईंले जानकारी गराए ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर