Lucky-Khabar_

ओबामाले कमला ह्यारिस पराजित भएपछि के भने?

२२कार्तिक्, काठमाडौं : अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले ४७औं राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाइ दिएका छन्। उनले आफूहरूको पक्षमा नतिजा नआए पनि लोकतन्त्रको सुन्दर पक्ष नै यही भएको उल्लेख गरेका छन्।

त्यस्तै ‘अमेरिकी जनताले राष्ट्रपतिका लागिमात्र मतदान गरेका होइनन्, उनीहरूले एउटा नेतालाई पनि भोट दिएका हुन्। त्यसका लागि डोनाल्ड ट्रम्प र उनको टिमलाई बधाइ दिन चाहन्छु। चुनावको नतिजा हामी सोचेको जस्तो नभए पनि लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो। हामीले सोचेको सधैं पूरा हुन्छ भन्ने पनि छैन,’ उनले भनेका छन्।

उनले ट्रम्पसँग गहिरो मतभेद रहे पनि शान्तिपूर्वक सत्ता हस्तान्तरण गरिने बताए। उनले डेमोक्र्याटिक दलकी उम्मेदवार कमला ह्यारिसप्रति गर्व रहेको बताए। ‘कमला ह्यारिस र उनको टिमप्रति गर्व छ। उनी असाधारण जनसेवक हुन्,’ उनले भने। उनले अमेरिकामा महामारीपछि महँगीले उचाइ लिएको र अन्तर्राष्ट्रिय मामिलाका सम्बन्धमा पनि गहिरोसँग चिन्तन गर्न ट्रम्पलाई सुझाव दिएका छन्।

content ad p2

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर