Lucky-Khabar_

आज महान पर्व छठ,अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

२२कार्तिक्,बिरगंज|आज बिहीबार छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व अन्तर्गत बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइएको हो।

content ad p2


छठ पर्वका अवसरमा तराईमा सबै ठाउ बिरगंज,जनकपुर,बिराटनगर हेटौंडा र काठमाडौं लगायत नदी किनारबाट भक्तजनले अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएका छन्। छठका ब्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन्।

त्यस्तै ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ।

लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको किम्वदन्ती रहेको छ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई ब्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ। षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन गरिन्छ। जसलाई पर्ना वा पार्न भनिन्छ।

सम्बन्धित खबर

तीन जनाले नै गर्ने निर्णय? संवैधानिक परिषद् अध्यादेशले उठायो ठूलो बहस

लक्की खबर

वीरगञ्जमा हनुमान जन्मोत्सव भव्य शोभा यात्रा सम्पन्न

लक्की खबर

प्रस्तावित नयाँ मन्त्रिपरिषद् सूची सार्वजनिक, सामाजिक सञ्जालमा व्यापक चर्चा

लक्की खबर