Lucky-Khabar_

मोटरसाईकल सडक दुर्घटनामा परी घाईते एकजनाको मृत्यु

२२ कार्तिक, वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० बाराको नितनपुरमा भएको मोटरसाईकल दुर्घटनामा घाईते भएका १ जनाको मृत्यु भएको छ ।

content ad p2

दुर्घटनामा २ जना घाईते भएका छन् । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनी टोल बस्ने जोखु मियाको छोरा अन्दाजी बर्ष २० का राज मियाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मोटरसाईकल पछाडि सवार पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–६ भौराटार बस्ने मोलिरहमान मियाको छोरा अन्दाजी वर्ष १७ को महबुब मिया र वीरगन्ज महानगरपालिका वडा नम्बर १९ केहुनिया बस्ने सरोज प्रसाद यादवको छोरा अन्दाजी १६ बर्षका विक्की यादव घाईते भएका छन् ।

महबुबको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । यादवको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको र उनको भने अवस्था मध्यम रहेको उनले बताए ।

सम्बन्धित खबर

सर्वोच्च अदालतभित्र हुलहुज्जत गर्न खोजेको आरोपमा अभियन्ता रोशनी नेपाली पक्राउ

लक्की खबर

देशभर लागुऔषध विरुद्ध प्रहरीको आक्रामक कारबाही

लक्की खबर

चोरको जालो तोड्दै प्रहरी: ७३ वटा मोटरसाइकल फिर्ता, आफ्नै सवारी पाउँदा धनीहरू दंग!

लक्की खबर