Lucky-Khabar_

मोटरसाईकल सडक दुर्घटनामा परी घाईते एकजनाको मृत्यु

२२ कार्तिक, वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १० बाराको नितनपुरमा भएको मोटरसाईकल दुर्घटनामा घाईते भएका १ जनाको मृत्यु भएको छ ।

content ad p2

दुर्घटनामा २ जना घाईते भएका छन् । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनी टोल बस्ने जोखु मियाको छोरा अन्दाजी बर्ष २० का राज मियाँ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मोटरसाईकल पछाडि सवार पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर–६ भौराटार बस्ने मोलिरहमान मियाको छोरा अन्दाजी वर्ष १७ को महबुब मिया र वीरगन्ज महानगरपालिका वडा नम्बर १९ केहुनिया बस्ने सरोज प्रसाद यादवको छोरा अन्दाजी १६ बर्षका विक्की यादव घाईते भएका छन् ।

महबुबको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । यादवको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको र उनको भने अवस्था मध्यम रहेको उनले बताए ।

सम्बन्धित खबर

सम्मानित भएपछि मुस्लिम महिला प्रहरीमाथि अनलाइन घृणा, एआई तस्बिरमा आत्मघाती बम देखाइयो

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर

ब्राउनसुगरजस्तो पदार्थसहित भारतीय नागरिक वीरगञ्जको सिर्सियाबाट पक्राउ

लक्की खबर