Lucky-Khabar_

ट्रक र मोटरसाईकल ठोक्किँदा बाईपासमा १ जना घाईते

२७ कात्तिक,वीरगञ्ज । वीरगञ्जको बाईपास ४० फिटको सडकमा ट्रक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते भएका छन् ।

content ad p2

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थित ४० फिटको सडकमा ना ६ ख ४७८७ नम्बरको डिब्बा ट्रकको पछाडि ना ५४ प ५६ नम्बरको पल्सर मोटरसाईकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाईकल चालक घाईते भएका हुन् ।
घाईते हुनेमा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुर बस्ने धुरुप प्रसाद कुर्मीको २६ बर्षीय छोरा नितेज कुमार पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

घाईते पटेललाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार ट्रक र बाइक तीव्र दुवै एउटै दिशाबाट गईरहेको र दुवै तीब्रगतिमा रहेकोले दुर्घटना भएको हो । ट्रकका चालक मकवानपुर जिल्ला मनहरी

गाउँपालिका वडा नम्बर २ का सुवास रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

सम्बन्धित खबर

अमेरिकाको मियामी विमानस्थलमा अमेजनका लागि उडेको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु

लक्की खबर

ईभीको ठक्करबाट केडिया आँखा अस्पताल अगाडि ७ वर्षीय बालकको मृत्यु

लक्की खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर