Lucky-Khabar_

नेपाल सदभावना पार्टीको ७औ रास्ट्रिय महाधिवेशन बिरगंजमा शुरु

(राम आर्य)
१ मसिर,बिरगंज |नेपाल सदभावना पार्टीको ७ रास्ट्रिय महाधिवेशन बिरगंजमा शुरु भएको छ | सदभावना पार्टीको महाधिवेशन आजदेखि ३ दिन मङ्सिर १,2,र ३ गते कुर्मी सेवा सदन बिरगंज महानगरपालिका रामगढवामा सुरु भएको छ |

content ad p2

उक्त कार्यक्रममा देशका बिभिन्न ठाउ पुर्व झापा देखि पश्चिम कंचनपुरसम्म देखि पार्टीका पर्तिनिधी तथा कार्यकर्ताहरु आएका छन् भनि आयोजकले जानकारी दिएको छ |
कार्यक्रममा पार्टीका बिभिन्न पदाधिकारी तथा कार्यकर्ताले पार्टीका सिधान्त तथा उदेश्य बारे आआफ्नो मन्तब्य राखेका थिए |


त्यस्तै महाधिवेशन कार्यक्रम संचालिका मंजु चौधरी र सहयोगी राम बाबु सिंहले गरेका थिए |कार्यक्रमको अध्यक्षता पुर्व मंत्रि राम चन्द्र कुशवाहाले गरेका थिए भने विषेस अथिति पुर्व उप प्रधानमन्त्री तथा बरिष्ठ नेता बद्रि प्रसाद मण्डल,बरिष्ठ नेता सहजाद मिया थिए |विषेस आमान्त्रित पुर्व महामन्त्री देवेन्द्र मिश्र नेसपा,डा.सिवशंकर यादव संस्थापक सदश्य नेसपा,अनिस अन्सारी पुर्व मन्त्रि तथा पार्टीका बिभिन्न पधाधिकारी र कार्यकर्ताहरुको उपस्थिति थियो |साथै आमन्त्रि अथितिहरु,सुरक्षाकर्मी र संचारकर्मीहरुको पनि उपस्थिति थिए |

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर