Lucky-Khabar_

मोरङको ग्रामथानको अध्यक्षमा रास्वपाका नवीनकुमार विश्वासको उम्मेदवारी दर्ता

२ मंसिर,विराटनगर|राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवीनकुमार विश्वासले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । रास्वपा पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिँदै छ । पार्टीका नेता कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विश्वासले उम्मेदवारी दर्ता गराएका हुन् ।

content ad p2


|राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दार (दिवेश)ले यसअघि नै मनोनयन दर्ता गराइसकेका छन् । मोरङको ग्रामथानमा अध्यक्ष पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । अन्य दलका उम्मेदवार पनि मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने क्रम जारी छ भनि जानकारी प्राप्त भएको छ ।

सम्बन्धित खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

आँधी कहाँसम्म आइपुग्यो, तुफान कति टाढा छ?’ भन्दै प्रचण्डमाथि ज्ञानेन्द्र शाहीको व्यङ्ग्य

लक्की खबर

राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव शमानी रास्वपामा प्रवेश

लक्की खबर