Lucky-Khabar_

उपनिर्वाचनको आजदेखि आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही

२ मंसिर,मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने जिल्लाहरूमा सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय, र अधिकारीहरूलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू हुने निर्णय गरेको जानकारी आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले दिएकी छन्।

content ad p2

नेपाल सरकार, मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र तिनका पदाधिकारी, संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय र सुरक्षाकर्मी, सरकारी, अर्धसरकारी र सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरूमा आचारसंहिता लागू हुनेछ भने आयोगका जनाएको छ ।

साथै राजनीतिक दल र तिनका भ्रातृ संगठन, उम्मेदवार, उम्मेदवारका मतदान र मतगणना प्रतिनिधि, सार्वजनिक पदधारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्थाका पदाधिकारी, शिक्षक, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयका कर्मचारीलाई समेत आचारसंहिताको दायित्व हुनेछ।

त्यसै मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी परियोजना, निजी बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्रका पदाधिकारी र कर्मचारी, वस्तु वा सेवा प्रदायक संस्थाका कर्मचारी, र आयोगले तोकेका अन्य व्यक्ति वा निकायले पनि आचारसंहिताको पालना गर्नुपर्नेछ।

आयोगले आचारसंहिताको उल्लङ्घन भएमा वा हुनसक्ने सम्भावना भए उजुरी दिन सबैलाई आग्रह गरेको छ। उजुरी मौखिक, लिखित, सामाजिक सञ्जाल, वा विद्युतीय माध्यममार्फत दिन सकिनेछ। आचारसंहिता उल्लङ्घन भए कारबाही गरिनेछ।

स्थानीय तहमा रिक्त रहेका ४४ पदमा उपनिर्वाचन हुँदैमा जिल्ला समन्वय समितिका प्रमुख (२), गाउँपालिका अध्यक्ष (२), उपाध्यक्ष (४), नगरपालिका प्रमुख र उपप्रमुख (१/१), तथा वडाध्यक्ष (३४) पद समावेश छन्।

आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ। आयोगले आचारसंहिताको पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, र निष्पक्ष बनाउन सबै पक्षको सहयोगको अपेक्षा गरेको छ।

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर