Lucky-Khabar_

रास्वपाले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

२ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

content ad p2

उपप्रधान तथा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएर पक्राउ गरिएको भन्दै रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै झाले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन हुने जानकारी दिए ।


‘हाम्रो सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नसाँधियोस् भन्नका लागि ध्यानाकर्षण गराउँदछौं,’ झाले भने, ‘आफ्नो औचित्य पुष्टि गर्ने आधार दिनप्रतिदिन गुमाउँदै गएको छ । सरकारले गलत गर्दैछ भनेर ध्यानाकर्षण गराउन खोज्दासमेत समय पाएका छैनौं ।’

दोस्रो चरणको आन्दोलनमा सहकारीपीडित र मिटरब्याजपीडितलाई न्याय दिनुपर्ने विषय पनि समेटिएको झाले जानकारी दिए ।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर