Lucky-Khabar_

रास्वपाले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

२ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

content ad p2

उपप्रधान तथा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएर पक्राउ गरिएको भन्दै रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै झाले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन हुने जानकारी दिए ।


‘हाम्रो सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नसाँधियोस् भन्नका लागि ध्यानाकर्षण गराउँदछौं,’ झाले भने, ‘आफ्नो औचित्य पुष्टि गर्ने आधार दिनप्रतिदिन गुमाउँदै गएको छ । सरकारले गलत गर्दैछ भनेर ध्यानाकर्षण गराउन खोज्दासमेत समय पाएका छैनौं ।’

दोस्रो चरणको आन्दोलनमा सहकारीपीडित र मिटरब्याजपीडितलाई न्याय दिनुपर्ने विषय पनि समेटिएको झाले जानकारी दिए ।

सम्बन्धित खबर

नेपाली कांग्रेस बाराको १५औँ जिल्ला अधिवेशन आइतबार, तयारी पूरा

लक्की खबर

आँधी कहाँसम्म आइपुग्यो, तुफान कति टाढा छ?’ भन्दै प्रचण्डमाथि ज्ञानेन्द्र शाहीको व्यङ्ग्य

लक्की खबर

राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव शमानी रास्वपामा प्रवेश

लक्की खबर