Lucky-Khabar_

काठमाडौंको माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप

५ मंसिर,काठमाडौं । सहकारी पीडितहरुले प्रदर्शनका क्रममा वानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि माइतीघरमा झडप भएको हो ।

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीको बलप्रयोगमा ३ जना घाइते भएका छन् । १ जनाको टाउको फुटेको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा उनीहरुले आज विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् ।

content ad p2


पुल्चोक ललितपुर, कालिमाटी,गठ्ठाघर चोक, चावाहिल चोक र सोहखुट्टे चोकबाट सहकारी पीडितहरुले प्रदर्शन गरेर माइतीघरमा भेला भएका थिए ।
माइतीघरमा भेला भएका पीडितहरुले आफनो रकम डुबेको सरकारीविरुद्ध ब्यानर , प्लेकार्ड बोकेका थिए ।

पीडितहरुले सहकारीको पैसा फिर्ता र मंहगी अन्यतको माग गरेका छन् ।

सम्बन्धित खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

छोराको न्यायका लागि संघर्षरत रवि पराजुलीको निधन, घाइते रिदमले दिए बुवालाई अन्तिम दागबत्ती

लक्की खबर