Lucky-Khabar_

चितवनमा पनि रवि र छविसहित १० जनाविरुद्ध जाहेरी दर्ता

५ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेसहित १० जनाविरुद्ध सहकारी ठगी प्रकरणमा चितवनमा पुरक जाहेरी परेको छ ।

content ad p2

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूले उनीहरूविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालयमा पुरक जाहेरी दिएका चितवन प्रहरी प्रमुख, एसपी गौतम मिश्रले जानकारी दिए । पुरक जाहेरीमाथि अध्ययन भइरहेको एसपी मिश्रले बताए ।

साहारा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रूपैयाँ गएको संसदीय छानबिन समितिको अध्ययनबाट खुलेको थियो । जतिबेला लामिछाने गोर्खा मिडियामा प्रबन्धन निर्देशक र जोशी सञ्चालक थिए । गितेन्द्रबाबु (जीबी)राई अध्यक्ष थिए ।

पुरक जाहेरी परेका अन्य ८ जना राईले सञ्चालन गरेका विभिन्न कम्पनीका सञ्चालक तथा सेयरधनी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै साहारा सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी गुरुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रूपैयाँ गएको भन्दै पीडितले पुरक जाहेरी दिएका हुन्।

यसअघि प्रहरीले राईसहित आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, सागर केसी, वीरबहादुर रानाभाट, छत्रमणि भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, शिवप्रसाद आचार्य, हेमन्त रानाभाट, तीर्थराज लामिछाने, कुमार रम्तेल, शरण विश्वकर्मा, थमन भन्ने थानबहादुर बुढा मगर, हेमन्त अधिकारी र मनोज गुरूङउपर ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको छ।

सहकारीको रकम अपलचनको मुद्दामा रवि र छवि यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीका विषयमा पनि उनीहरूमाथि छानबिन हुँदैछ । काठमाडौं जिल्ला अलदालतले उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी गरिसकेको छ । छबिलाई भने बयानका लागि बुधबार मात्रै काठमाडौं ल्याइएको छ ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर