Lucky-Khabar_

दोलखा सेक्रेटरीसहित नेकपाका १६ नेता-कार्यकर्ताले दिए सामूहिक राजीनामा

मंसिर,दोलखा | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको दोलखाका सेक्रेटरीसहित १६ जना नेता-कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।

content ad p2

नेकपाका वैकल्पिक केन्द्रीय सदस्य एवं दोलखा जिल्ला सेक्रेटरी अर्जुन योगीसहित १६ जना नेता-कार्यकर्ताले आज सामूहिक राजीनामा गरेका हुन्। नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई सम्बोधन गरी उनीहरूले राजीनामा दिएका हुन्।

राजीनामा पत्रमा विगत लामो समयदेखि पार्टीमा रहेर योगदान दिए पनि वर्तमान अवस्थामा विभिन्न कारणवश सँगै बस्न नसकिने अवस्था पैदा भएको उल्लेख गरिएको छ। पार्टी जिल्ला सेक्रेटरी योगीले कम्युनिस्टहरूको एकता, धुव्रीकरण र पुनर्मिलनका लागि सामूहिक राजीनामा दिएको र त्यसका लागि आफ्नो नेतृत्वमा ५१ सदस्यीय समिति समेत गठन गरेको बताए।

सामूहिक राजीनामा दिनेहरूमा वैकल्पिक केन्द्रीय सदस्य एवं जिलला सेक्रेटरी अर्जुन योगी, पूर्व जिल्ला संयोजक एवं केन्द्रीय प्रतिनिधि राजन धनुके, केन्द्रीय प्रतिनिधि एवं राष्ट्रिय उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य सिताराम उप्रेती, जिल्ला सचिवालय सदस्य एवं तामाकोशी गाउँपालिका इन्चार्ज नविनकुमार नेपालीलगायत छन्।

नेकपाको दोलखा जिल्ला कमिटी तथा विभिन्न कमिटीको जिम्मेवारीमा रहेका नहकुल पोखरेल, दिपक केसी, मनोज भुजेल, कुमार मिजार, सिर्जना उप्रेती, मञ्जिला बस्नेत, सानुमाया थामी, रमेश तामाङ, शिरिष उप्रेती, कर्णबहादुर थामी, जयबहादुर खाती र पवित्रा थामीले पनि सामूहिक राजीनामा दिएका थिए।

सम्बन्धित खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

कांग्रेस–कम्युनिस्टकै कारण देशमा भाँडभैलो मच्चियो : उपेन्द्र यादव

लक्की खबर

‘जनताको नेता जनता माझ’ अभियान : पर्सा–२ का सांसद सुशील शाह कानु घरदैलोमै, एक–एक मतदातासँग प्रत्यक्ष संवाद र समस्या सुन्दै विकासको प्रतिबद्धता

लक्की खबर