Lucky-Khabar_

पर्सा जिल्ला प्रहरीमा कार्यरत डिएसपी भारतीको बिदाइ

६मंसिर,वीरगञ्ज। जिल्ला प्रहरी कार्यालय, पर्सामा सोमबार बिदाइ तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पर्सामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक भारतीलाई प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन महाशाखा, नक्साल काठमाडौँमा सरुवा भएको छ।

content ad p2

उक्त समारोहमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुङ्गेलले डिएसपी भारतीलाई मायाको चिनोले बिदाई गरेको छ।। कार्यक्रममा पर्सा जिल्लामा कार्यरत सबै तहका प्रहरी कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
डिएसपी दिपक भारतीलाई हालै प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार काठमाडौँ तानिएको हो । उनको स्थानमा डिएसपी सुवास भट्टलाई पर्सा जिल्लामा जिम्मेवारी दिने निर्णय भएको छ । डिएसपी भट्टले चाँडै आफ्नो जिम्मेवारी सम्हाल्ने जानकारी प्राप्त भएको छ ।

त्यस्तै प्रहरी प्रधान कार्यालयले सङ्गठनभित्रका सबै अधिकृत र कर्मचारीलाई नियम र कार्यशैलीको पालनामा थप कडाइ अपनाउन निर्देशन दिएको छ । प्रहरी सङ्गठनले आफ्नो जिम्मेवारीप्रतिको प्रतिबद्धता र अनुशासनलाई प्राथमिकता दिनुपर्ने बताएको छ ।

सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

सीमा क्षेत्रमा तस्करी संरक्षण गरेको आरोपमा प्रहरी जवानमाथि छानबिनको माग

लक्की खबर