६मन्सिर, म्याग्दीमा प्रहरीले १ युवतीलाई १ हजार एम्पुलभन्दा बढी परिणाममा लागूऔषधसहितपक्राउ गरेको छ।


म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरकी २३ वर्षीया पूर्णा विकलाई १ हजार १ सय ९३ एम्पुल लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मंसिर २ गते आइतबार पक्राउ परेकी विकलाई बिहीबार सार्वजनिक गरिएको हो। 
उनको घर खानतलासी गर्ने क्रममा ३ सय ९८ एम्पुल डाइजापाम, ३ सय ९७ एम्पुल फेनेरागन र ३ सय ९८ बुप्रेनोफिन भेटिएको प्रहरी निरीक्षक सागर पौडेलले बताए।
उनका अनुसार विशेष सूचनाको आधारमा विकको घर खानतलासी गर्ने क्रममा चामलको बोरामा लुकाएर राखेको अवस्थामा लागूऔषध भेटिएको हो।
उनको विरुद्ध म्याग्दी जिल्ला अदालतमा लागूऔषध शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पूर्णको साथबाट म्याग्दी जिल्लामा हालसम्मकै ठूलो परिमाणमा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।


