Lucky-Khabar_

सरकारले होटल तथा पर्यटन व्यवसायीहरुले सुरु गरेको ‘घुमौ मधेश, बुझौ मधेश’लाई वनायो महत्वाकांक्षी योजना

११ मंसिर ,महोत्तरी |मधेश प्रदेश सरकारले होटल तथा पर्यटन व्यवसायी महासंघ `घुमौ मधेश, वुझौ मधेश´ भन्ने अभियानलाई स्वामित्व लिएको छ ।

content ad p2

पर्यटन विकासको महत्वपूर्ण आधार वनाएर माहासंघले ५ जेठदेखि वाराबाट सुरु गरेको यो अभियानलाई सरकारले आफ्नो कार्यक्रम अन्तर्गत राखेसगैँ पर्यटन विकासमा सावित हुने विस्वास लिईएको छ ।

`मधेश प्रदेश सरकारले पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको बेला महत्वाकांक्षी सरकारी कार्यक्रमकोरुपमा राख्दै ‘घुमौँ मधेश, बुझौँ मधेश’ का संयोजक विकास ठाकुरलाई मुख्यमन्त्रीले नियुक्त गरेका छन ।´

`यो अभियान थप उचाईमा पुग्ने विस्वास लिएका छौ ´मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिल कुमार कर्णले भने ।

मधेश आफै पनि तन्नेरी आँट, सङ्कल्प र क्रियाशीलताको पर्खाइँमा रहेको वताउदै सल्लाहकार कर्णले सार्थक परिणामको रूपरेखा वन्नेमा अपेक्षा गरे ।

`घुमौ मधेश, बुझौ मधेश अभियान`महासंघका अध्यक्ष हिरा गौतमको संयोजकत्वमा सुरु भएको अहिलेसम्म मधेशका ४ वटा जिल्लामा सम्पन्न भैइसकेको छ ।

५ बैसाखमा वाराका पर्यटकिय गन्तव्यहरुको पहिचान गरि पर्वद्वन गरेसगैँ सिरहा, महोत्तरी र सर्लाहीका पर्यटकिय क्षेत्रहरुमा अभियान चलाईसकेको महासंघका माहासचिव वैकुण्ठ सापकोटाले जानकारी दिए ।

यस्तै, पकृतिको अभियान महोत्तरीको बर्दिवासस्थित उधोग बाणिज्य संघले नगर क्षेत्रमा ६ महिनासम्म चलाएको थियो । घुमेर पहिचान भएका ठाउँहरुलाई संघले एक प्रतिवेदन तयार गरि सरकारका तिनै तहलाई हस्तान्तरण गरिसकेको छ ।

सम्बन्धित खबर

“सरकार हुनुको प्रत्यक्ष अनुभूति”: रसुवा बाढी विपद्‌मा बालेन सरकारको तदारुकता, नागरिकद्वारा पूर्ववर्ती सरकारहरूसँग तुलना

लक्की खबर

नदी किनारमा विदारक दृश्य: त्रिशूली र नारायणीमा बगेर आएका शव सङ्कलन र पहिचान कार्य निरन्तर

लक्की खबर

युवा उमेर होइन, परिवर्तनको सोच र राष्ट्र निर्माणको शक्ति : प्रकाश उपाध्याय

लक्की खबर