Lucky-Khabar_

सुनको मूल्य २ हजार ६ सयले घटेको छ

११मन्सिर्, काठमाडौं |स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ। सोमबार पनि १५ हजार ९ सयले घटेको सुन आज २६ सय रुपैयाँले घटेको हो।

content ad p2


नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज २६ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको हो। सुनको मूल्य घटेसँगै चाँदी पनि ओरालो लागेको छ। आज २५ रुपैयाँले घटेर प्रतितोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ निर्धारण भएको छ।

चाँदी अघिल्लो दिन प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।
सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुन-चाँदीको भाउ घटेको हो। सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गरिएको छ। यसअघि सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएको थियो। यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ।

सम्बन्धित खबर

साउनमा नेपालको आयात ३१ प्रतिशत र निर्यात ६२ प्रतिशतले बढ्यो

लक्की खबर

बिजुलीको महसुल घटाउने तयारी, वर्षायाममा सस्तो दरमा विद्युत् दिने सरकारको गृहकार्य

लक्की खबर

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

लक्की खबर