Lucky-Khabar_

मिस हेरिटेज पेटिट युनिभर्स बनिन नेपालकी मनिषा

११मन्सिर्,काठमाडौं |नेपालकी मनिषा राजवंशीले ‘मिस हेरिटेज पेटिट युनिभर्स २०२४’ को शीर्ष उपाधि जितेकी छन्। थाइल्याण्डको बैंककमा हालै आयोजित नोभेम्बर ९ देखि १६ सम्म चलेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा ४३ देशका प्रतिस्पर्धी रहेका थिए।

content ad p2


सो प्रतियोगिताको उपाधि हात पार्ने झापा बाह्रदशी ६ की मनिषा राजवंशीले समाजशास्त्रमा एमए गरेकी छन्। उनी शिक्षिका पनि हुन्। उनले हाल राजवंशी समुदायको बारेमा थेसिस पनि गरिरहेकी छिन्।

आफ्नो समुदायबाट अभिनय र मोडलिङको क्षेत्रमा खासै उपस्थिति नभएका कारण केही राम्रो गर्ने सोचका साथ मोडलिङ सम्बन्धी प्रतियोगिता र ब्युटी प्याजेन्टहरूमा भाग लिने गरेको बताउँछिन् । उनले २०१८ मा मिस राजवंशी (दोस्रो रनर अप), २०१९ मा मिस ग्रेस काठमाडौँ (दोस्रो रनर अप), सन् २०१८ मा मिस राजवंशीको उपाधि जितेकी उनले सन् २०२१ मा मिस डिभाको विनर भएकी थिइन्।

मनिषा भन्छिन्,‘म मोडलिङमा यसो ट्राइ गरौँ न भनेर मात्र आएकी होइनँ’, ‘आदिवासी राजवंशी समुदायबाट पनि अभिनय र मोडलिङको क्षेत्रमा केही गर्न सक्ने प्रतिभा रहेछन् भनेर स्थापित गर्न यो क्षेत्रमा लागेकी हुँ ।’

सम्बन्धित खबर

राजविराज अस्पतालको गेटबाहिर प्रसूति प्रकरणमा कर्मचारीमाथि कारबाही, छानबिन टोली राजविराजमा

लक्की खबर

ईर्ष्या र तुलनाले हराउँदै गएको मानवता : बिमल सर्राफ

लक्की खबर

हरिखेतान कलेजमा घरेलु सामग्रीबाट सिर्जनात्मक सामग्री बनाउने प्रतियोगिता

लक्की खबर