Lucky-Khabar_

पत्रकार मनोज पटेललाई स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार दिने

१२ मंसिर,वीरगञ्ज । समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार नेपाल पोष्ट डेलीका सम्पादक मनोज कुमार पटेललाई प्रदान गर्ने निर्णय गरेको छ ।

content ad p2

यस अघि गठित पत्रकारिता पुरस्कार वितरणको लागि नाम छनौट समितिको सिफारिसको आधारमा विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका पत्रकार पटेललाई पुरस्कार दिने निर्णय भएको संगठन पर्साका सह सचिव श्याम सर्राफले जानकारी दिए ।

२१ हजार रुपैया राशी रहेको पुरस्कार संगठनले मंसिर १६ गते आईतबारका दिन आयोजना गर्ने दोस्रो स्मृति सभामा वितरण गर्ने सहसचिव सर्राफले बताए ।

त्यस्तै बैठकले संगठन पर्साका उपाध्यक्ष हरिशंकर शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको प्रकृति हेर्दा र विभिन्न दृष्टिकोणले नियाल्दा उनलाई सुनयोजित तरिकाले फसाइएको बैठकको निष्कर्ष छ । साथै बैठकले घटनाको निष्पक्ष छानविन गर्न प्रहरीलाई आग्रह गर्न संगठनबाट प्रेस विज्ञप्ती निकाल्न समेत निर्णय गरेको छ ।

बैठकमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्य मनोज पटेल, सल्लाहकार संजय साह, जिल्ला उपाध्यक्ष रमा थामी, सचिव विनोद पटेल, कोषाध्यक्ष संतोष साह, सदस्यहरु श्याम पासवान, धर्मेन्द्र यादव, जितेन्द्र यादव, श्रवण साह, अमोद शर्मा, सरोज पटेल, प्रदिप साह लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर