Lucky-Khabar_

मकवानपुरको मनहरीमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या

१३ मंसिर, काठमाडौँ । मकवानपुरको मनहरीमा १ व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन्।मनहरी गाउँपालिका–६ प्रतापुरका अम्मरबहादुर लोप्चनले साथी जीतबहादुर मोक्तानको हत्या गरेका हुन्।

मध्यरातमा अम्मरबहादुरले आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

content ad p2

टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए।

मोक्तान र लोप्चनसँगसँगै दुबैजना निर्माण क्षेत्रमा मजदुरी गर्दै हिंड्ने गरेको डिएसपी अर्यालको भनाइ छ। अभियुक्त लोप्चनलाई प्रहरीले सावेलसहित नियन्त्रणमा लिएको छ।

सम्बन्धित खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर

नारायणी अस्पतालबाट नवजात शिशु लिएर फरार भएकी महिला पक्राउ

लक्की खबर

वीरगञ्ज हुँदै भारत लैजाँदै गरेको दुई बोलेरोबाट दुई क्विन्टल गाँजा बरामद

लक्की खबर