Lucky-Khabar_

बारामा कुशवाहा हत्याकाण्डका मुख्य अभियुक्त पक्राउ

१३ मंसिर, कलैया । रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्याकाण्डका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

content ad p2

प्रहरीको उच्च स्रोत अनुसार क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्याको मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई पक्राउ गरेको प्रहरी स्रोतले गरेको छ। यथपी जिल्ला प्रहरी कार्यालय बाराले भने आधिकारीक रुपमा पक्राउ बारे जानकारी गराएको छैन ।

प्रहरीले विषेश सूचनाको आधारमा बुधबार मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको स्रोतले बताएको छ ।

पक्राउ परेका कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको र आज विहान ९ बजे पत्रकार सम्मेन गरेर सार्वजनिक गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । हत्या भएको झण्डै ६ महिनापछी मुख्य अभियुक्त कुशवाहालाई पक्राउ गरेर बारा प्रहरीलाई सफलता मिलेको सापकोटको भनाई छ ।

गत जेठ ३२ गते साँझ साढे पाँच बजेको समयमा जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर २ खजुरीया निवासी क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरिएको थियो ।
आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा टोल स्थित ग्रेवल सडक खण्डम क्याम्पस प्रमुख कुशवाहा मोटरसाईकल चलाई खजुरियाबाट कलैयातर्फ आउने क्रममा पुग्दा अपरचित व्यक्तिहरुको समूहले गोली हानी हत्या गरेका थिए ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर