Lucky-Khabar_

पर्सा नापी कार्यालयका अमिनलाई कुटपिट गर्नेलाई वडा अध्यक्षको रोहबरमा छोडियो

१६ पुष,वीरगञ्ज । अमिनमाथि कुटपिटगर्ने लेखापढी व्यवसायी ओमप्रकाश यादवलाई वडा अध्यक्षको रोहबरमा छोडिएको छ । नापी कार्यालय पर्साको फाट नं. ३ का अमिन धिरेन्द्र जयसवाललाई शुभलाभ लेखापढी च्याम्बरका ओमप्रकाश यादवलाई वडा नम्बर २६ का वडा अध्यक्ष शम्भु मिश्रको रोहबरमा जोडिएको हो ।

content ad p2

मंगलवार १ बजेको समयमा कार्यालयमा काम गरिरहेको अवस्थामा ओप्रकाश यादवले   जयसवाललाई कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।वीरगंज–१६ नगवाको मदनप्रसाद गुप्ताको एउटा जग्गाको नापजाँच गर्न आलटाल गरेको  भन्दै  लेखनदास र कर्मचारीबीच विवाद भएको थियो ।

शुभलाभ लेखापढी च्याम्बरमा कार्यरत ओमप्रकाश यादवले काम सजिलो तरिकाले गर्दिनु भन्दा  सामान्य विवाद मात्रै भएको बताए । उनले मालपोतमा अमिनहरूको ज्यादती बढेको र पैसा नलिई सेवाग्राहीको कामै नगर्ने गरेको आरोप लगाए । उनले जग्गा नापजाँच गर्नका लागि आलटाल गरिरहेकोले सामान्य विवाद भई झगडा भएको प्रतिक्रिया दिए ।

घटनाबारे नापी कार्यालय पर्साका कार्यालय प्रमुख राकेशकुमार झाले घटना निन्दनीय भएको बताए । घटनाबारे पर्साका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको उनले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यालले भने आफूले जानकारी पाएपछि नापी कार्यालयमा भएको विवादको विषयमा गम्भीर हुन निर्देशन दिएको बताए ।

उनले भने, ‘नापी कार्यालयमा फाईल तान्ने विना कारण हुलहुज्जत गर्ने र लेखापढी व्यावसायीहरुलाई कार्यालयभित्रको पहुँचलाई रोक्नु भन्दै आएको छु । सरकारी कार्यालयहरुमा लेखापढीको नाममा हुने बिचौलियाहरुलाई प्रवेशमा मेरो उद्देश्य नै हो । घटनाको विषयमा थप जानकारी आएको छैन ।’

घटनाको विषयमा दुवैपक्षले गल्ती स्वीकार्दै भोली बसेर टुंगो लगाउने दुवैपक्ष सहमत भएको नापी कार्यालयका सूचना अधिकारी अशोक श्रेष्ठले बताए । उनले भने, ‘सामान्य नै थियो ।  हुनत नापी कार्यालय पर्मासा अतिरिक्त रकम नलिई कुनै कर्माचारीले काम गर्दैन भनि जन गुनासो आउछ । नापी कार्यालय र मालपोत कार्यालयमा अलिकति बढी सेवाग्राहीको चाप हुने कार्यालय पनि हो । त्यसैले सामान्य विवाद भएको हो । दुवैपक्षले गल्ती स्वीकार गरेपछि भोली टुंगो लगाउने सहमति भएको छ ।’

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर