Lucky-Khabar_

झापाको विर्तामोड ग्यारेजमा आगलागीहुदा ३ वटा बसमा क्षति

२पुस, झापा | झापाको विर्तामोड ग्यारेजमा आज आगलागीहुदा ३ वटा बसमा क्षति भएको छ। आगलागीबाट ग्यारेजमा मर्मत सम्भारका लागि राखिएका३  वटा बसमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

content ad p2

बिहान साढे १० बजे विर्तामोड–५ स्थित पश्चिम बस स्टेसनजिक रहेको ग्यारेजमा निदि क्याम्पसको मे १ ख ३३४५ नम्बरको बसमा मर्मत गर्ने क्रममा अचानक विद्युत् सर्ट भइ आगलागी भएको थियो। आगलागीबाट क्याम्पसको बस पूर्ण रूपमा जलेर नष्ट भएको छ।

सोही ग्यारेजमा बनाउन ल्याएको मे १ ख२२१५ नम्बरको मातृ भाग्य रेखा बसको अगाडीको भाग र प्र १–०१–००१ख ४१२६ नम्बरको बसको पेन्टिङ जलेर क्षति पुगेको प्रहरीले जनाएको छ। ३  वटा गाडी जल्दा अन्दाजी २१ लाख बराबरको क्षति भएको छ। बसमा लागेको आगो विर्तामोड नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

सम्बन्धित खबर

वीरगञ्जमा हैजाको संक्रमण घट्दो, बारामा नयाँ संक्रमित फेला

लक्की खबर

वीरगञ्जमा हैजा नियन्त्रण उन्मुख, काठमाडौँबाट भने त्रास र हौवा फैलाइँदै

लक्की खबर

जनकपुरको मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत, विवाद समाधानका लागि संवाद आह्वान

लक्की खबर