३माघ्,काठमाण्डौ |बेलायती नेतृ अलेक्स बेकर र बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेस नेता कोइराला बीच भेटघाट गरेका छन्।

लण्डनस्थित नेपाली राजदुतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले भुपु गोर्खा सैनिकहरुको सेवा सुविधा समस्या, ब्रिटिस एअरवेजको लण्डन – काठमाडौं सिधा हवाई उडान र जलवायु परिवर्तनका कारण नेपालले जुन समस्याका विषयमा ध्यानाकर्षण गराएका छन्।
कोइरालाले भने, ‘जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ, हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन् । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्ने र त्यसका लागि बेलायतले सहयोग गरिदिनुपर्छ।’
त्यस्तै भेटमा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाएकी छन्।




