Lucky-Khabar_

भारतीय अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

३ माघ,काठमाडौं । भारतीय  अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ।  मुमबईको बान्द्रास्थित गएराति घरमा पसेर आक्रमणकारीले उनलाई धारिलो हतियारले आक्रमण गरेको बीबीसी हिन्दीले जनाएको छ।

हिन्दुस्तान टाइम्सका अनुसार राति करिब २ः३० बजे एक आक्रमणकारी खान र उनकी श्रीमती करिना कपुरको बान्द्राको घरमा प्रवेश गरेका थिए । यो समयमा खान परिवारसँगै घरमा थिए।

प्रहरी अधिकारीका अनुसार १ अज्ञात व्यक्ति खानको घरमा प्रवेश गरेका थिए। त्यसपछि ती व्यक्ति र खानबीच झडप भएको थियो। यस क्रममा खान घाइते भएका हुन्।

घटनालगत्तै उनलाई लीलावती अस्पताल लगिएको थियो। लीलावती अस्पतालका सीओओ डाक्टर नीरज उत्तमानीका अनुसार खानलाई ६ ठाउँमा चोट लागेको छ, जसमध्ये २  गहिरो छन्। एउटा घाउ मेरुदण्डको छेउमा लागको छ। उनको शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ।

आक्रमणकारी घटनास्थलबाट भागेको र खोजी गरिरहेको  समाचारले  बताइएको छ।

 


content ad p2

सम्बन्धित खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर