Lucky-Khabar_

चिनियाँ नागरिक ठूलो परिमाणको शंकास्पद पदार्थसहित पक्राउ

९ माघ, काठमाडौं|एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो बढी शंकास्पद पदार्थसहित पक्राउ परेका छन्। क्याथे प्यासेफिक एयरबाट हङकङ जान लागेका ती चिनियाँ नागरिक पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ। उनको साथबाट सो परिमाणको पदार्थ बरामद गरिएको हो।

content ad p2

उक्त पदार्थ के भन्नेबारेमा प्रहरीको विधिविज्ञान प्रयोगशालाले अनुसन्धान गरिरहेको छ। विमानस्थल प्रहरीले बरामद गरेको शंकास्पद पदार्थसहित चिनियाँ नागरिकलाई लागुऔषध नियन्त्रण व्युरोमा पठाएको छ।

प्रहरीले लागुऔषध कारोबारीको आशंकामा ती चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको भनि जनाएको छ।

सम्बन्धित खबर

वीरगञ्ज–११ श्रीपुर नयाँ बस्तीमा ठूलो चोरी, २५ लाख रुपैयाँ बराबरका गहना चोरी भएको दाबी

लक्की खबर

साउदी अरबमा १२ वर्षमा ४९० विदेशी नागरिकलाई मृत्युदण्ड, पाकिस्तानी सबैभन्दा धेरै

लक्की खबर

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ, राष्ट्र बैंक ऐनअन्तर्गतको कसुरबारे अनुसन्धान

लक्की खबर