Lucky-Khabar_

समाजवादी प्रेस संगठन पर्साको सातौं बैठकबाट राष्ट्रिय भेला सफल पार्न आग्रह

१माघ,वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साको सातौं बैठकबाट संगठन पर्साका अध्यक्ष आसमहम्मद मियाँको अध्यक्षतामा बसेको बैठकले यहि फागुन ४ गते आईतवारका दिन काठमाडौंमा हुने संगठनको राष्ट्रिय भेलामा प्रतिनिधिको रुपमा सहभागी भई सफल पार्न निर्णय गरेको छ ।
भेलामा सहभागी हुने प्रतिनिधिहरुले स्वयं खर्च व्यहोर्नु पर्ने, कुनै पनि कार्यालय, व्यापारी, उद्योगी सँग चन्दा नलिने बैठकले निर्णय गरेको छ ।
कुनै पनि व्यक्तिले समाजवादी प्रेस संगठन नेपाल पर्साको नाममा चन्दा आतंक मच्चाई पर्सा संगठनलाई बदनाम गर्न खोजे प्रहरी तथा अन्य नियमनकारी निकाय अथवा यस संगठनलाई खबर गरी सहयोग गरिदिन हुन बैठकले अपिल समेत गरेको छ ।

content ad p2

बैठकले गत मंसिरको २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको बिषयमा समिक्षा समेत गरेको छ । पत्रकार महासंघ पर्साको निर्वाचनमा प्रेस सेन्टर नेपाल, प्रेस मञ्च लगायतका संगठनहरु सँग भएको गठबन्धनले ईमान्दारी पूर्वक मत दिई समाजवादीबाट नेपाल पत्रकार महासंघको केन्द्रिय परिषद् सदस्यमा राघव साह र पर्सा शाखाको सह–सचिवमा अजय चौरसियालाई विजयी गराएकोमा सम्पूर्ण पर्सेली मतदाता पत्रकारहरुमा बैठकले बधाई तथा धन्यवाद ज्ञापन गरेको छ ।
उक्त बैठकमा पर्साका उपाध्यक्ष दिपक कुशवाहा, सचिव रामअनुप यादव, सह सचिव श्रीराम रौनियार, जय कुमार यादव, कोषाध्यक्ष रामेश्वर चौरसिया, सदस्यहरु रंजित चौरसिया, दिपेन्द्र गिरी, राकेश जायसवाल, दिपक चौरसिया लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

देशभरका नदीमा जलसतह बढ्ने, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर