४माघ,बिरगंज । भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ ।

रेलवे स्टेसनमा भएको भागदौडको कारण अहिले सम्म पता लाग्न सकेको छैन छानबिनपछि बाहिर आउनेछ भनि रेलवेको डीसीपी केपीएस मल्होत्राले भने बताएको छ ।

मल्होत्राले भने, ‘‘हामीले भीडको अनुमान गरेका थियौँ । तर, दुईवटा रेल ढिलो भएको र त्यहाँ धेरै मानिस जम्मा भएकाले यस्तो अवस्था आएको हो । रेलवेले तथ्य पत्ता लगाउने काम गर्नेछ।”
उनले भने, ‘करिब ९ बजे रेल चल्दा भीड बढ्यो । एकै ठाउँमा धेरै मान्छे हुँदा र ट्रेनको प्रतीक्षामा हुँदा कुनै गलत सूचना फैलियो भने यसले पनि भागदौड निम्त्याउँछ। अब के कारणले यस्तो भयो भन्ने कुरा हो । त्यो विन्दु अनुसन्धानपछि आउनेछ।



