३ फागुन,काठमाडौं ।पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रममा बेलुक उडाउन क्रममा पड्किदा अर्थमन्त्री विष्णु पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका छन्।

चिकित्सकको सल्लाहनुसार उनलाई काठमाडौं ल्याइएको थियो।आगोका कारण अर्थमन्त्रीको स्वास्थ्यमा केही असर परेको उनको सचिवालयले जानकारी दिएको छ।
‘पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको स्वास्थ्यमा केही असर परेको छ। गण्डकी अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि उहाँलाई कीर्तिपुरस्थित बर्न हस्पिटलमा भर्ना गरिएको छ,’ उनको सचिवालयले भनेको छ।

यस्तै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि घाइते भएका छन्। उनलाई पनि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याई उपचार भईरहेको छ। उनको अनुहार जलेको पोखराका सहायक सिडिओ शिव लम्सालले जानकारी दिए।


