९ फागुन,काठमाडौँ। चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति बिहीबार प्रहरीले पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा दमक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ बस्ने २७ वर्षीय डाइमण्ड सम्बाहाम्फेलाई रहेका छन्।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ गरेको हो।

डाइमण्डले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३८ हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो।


